
वीरगञ्ज । वीरगञ्ज भन्सारसँगै नेपाल भारत नाकामा खटिएका सुरक्षा निकायको मिलेमतोमा राजश्व चुहावट हुँदै आएको बिषयमा रिपोर्टिङ गरिरहेका छौं ।
गत श्रृङखलामा यो बिषयमा पर्सा प्रहरी प्रवतmा राजन लिम्बुले लाइभ कार्यक्रममा यस्तो नभएको दाबी गरे । डिएसपी लिम्वुले यस्तो भनिरहँदा हाम्रा टिभी जर्नलिष्ट ईरफान अलीले नेपाल भारत सिमानाबाटै त्यही समयमा सामान तस्करी भईरहेको लाईभ रिपोर्टिङ गरेका थिए ।
ई रिक्सामा सामान तस्करी भइरहेको प्रहरीले स्वीकार नगरेपछि तस्करी गर्नेहरु भने समाचार प्रशारण नगरिदिन भन्दै विभिन्न बाटाहरु खोजिरहेका छन् । हामीले यसरी रिक्सामा तस्करी हुने सामान कसको भनि फेरी फलो गर्यौं ।
यो सामान हरेन्द्र पटेलको रहेछ । हामीले यसरी सामान तस्करी भईरहेको छ भनि तिनै डिएसपी राजन लिम्वुलाई जानकारी गरायौं । तर उनले सामान तस्करी रोक्न कुनै चासो देखाएनन् । बरु सामान तस्करी गर्ने व्यक्तिलाई यसो नगरिदिन भन्दै हाम्रौ व्युरो अफिस खोज्दै आए । र केहि छिनमै उनि हाम्रौ वीरगञ्ज व्युरो कार्यालयमा आएर समाचार नबजाई दिन अनुरोध गर्दै ५ हजार रुपैँया घुस दिन आए । भन्सार कार्यालयमा भारतबाट सामान ल्याउने व्यक्तिहरुसंग प्रहरीले पैसा उठाएको हामी देखाउदै आएका छौ ।

यसरी सिमामा खुलेआम घुस लिएको देखाएपछि अहिले भने प्रहरीले घुुस लिने तरिका परिवर्तन गरेको छ । विरगन्ज भन्सारमा प्रहरीले सामान तस्करी गर्नेहरुसँग महिनावारी रुपमा पैसा लिने गरेको छ । (न्युज 24)





