
काठमाडौं , १६ चैत
दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा एक यात्रुले क्रु मेम्बर र अन्य यात्रुलाई दुर्ब्यबहार गरेपछि जहाजलार्इ इन्धिरा गान्धी विमानस्थलमा अाकस्मिक अबतरण गराउनुपरेको छ ।
बिहान १०ः३० मा काठमाडौ आइपुग्नुपर्ने जहाज अहिले ढिलो गरिमात्रै काठमाडौं आइपुगेको नेपाल बायुसेवा निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए ।
‘दुर्ब्यबहार गर्ने यात्रुलाई भारतको पुलिसको जिम्मा लगाएर निगमको जहाज अहिले काठमाडौं आइपुगेको छ, यात्रुको बारेमा भने हामीले थप जानकारी खोज्ने प्रयास गरिरहेका छाैं’ उनले भने ।
निगमको जहाज आरए २३० भारतीय आकाशमा आइपुगेको बेलामा यात्रुले दुब्र्यबहार गर्न सुरु गरेका थिए । -अनलाइनखबर





