
युवास्टार अनमोल केसीको आज जन्मदिन परेको छ । नायक भुवन केसी र नायिका सुस्मिता बम्जनको कोखबाट जन्म लिएका अनमोल आज बाट २४ औं बर्षमा पाइला टेकेका छन् ।
नेपाली सुपरस्टार भुवन केसी र अभिनेत्री सुस्मिता बम्जनकै छोरा भएका कारण उनको बाल्यकाल सिनेसर्कलका व्यक्तित्वहरुसँग बित्यो । अहिले नेपालको सर्वाधिक स्टारडमवाला अभिनेताको रुपमा पहिचान बनाएका अनमोलको छोटो फिल्मी करिअर लोभलाग्दो बनेको छ । सबै भन्दा धेरै पारीश्रमिक लिनेमा उनकै नाम अग्र स्थानमा देखिएको छ ।





