अभिनेत्री उर्वसी प्रहरी स्टेशनमा



एजेन्सी । अभिनेत्री उर्वसी रौतेलाले मुम्बईको बान्द्रा प्रहरी स्टेशनमा एफआईआर दर्ता गरेकी छन् । उर्वसीका अनुसार, अरु कसैले आफ्नो नाममा फर्जी आधार कार्ड बनाएर मुम्बईको एक होटेलमा रुम बुकिङ गरिरहेका थिए ।

यो मानेमा अभिनेत्री उर्वसीलाई जानकारी थाहा पाए लगत्तै उनले फैरन प्रहरीलाई जानकारी गराएकी थिईन् । र उजुरी पनि दर्ता गराएकी हुन् । मिडिया रिपोर्टका अनुसार उनी कुनै इभेन्टका लागि त्यस होटलमा पुगेकी थिईन् । त्यसै समयमा सोही होटलका एक स्टाफले अनलाईन मार्फत उर्वसीको नाममा एक रुम बुक गरिएको बताएका थिए ।

अहिले प्रहरी भने यो केस जाँचमा जुटेका छन् । अभिनेत्री रौतेलाको फिल्म ‘हेट स्टोरी ४’ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्