कागजपत्र छुटाउन मन्त्री निवास पुगेका म्यानपावर व्यवसायीलाई मन्त्री विष्टले झपारे



काठमाडौ , १५ चैत

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायी रामचन्द्र बललाई झपारेका छन् ।

पुल्चोकस्थित सरकारी क्वाटरमा पुगेका उनलाई मन्त्रीले सातो खाएका हुन् । ब्रिज स्काइ इन्टरनेसनलका अध्यक्ष बल वैदेशिक रोजगार विभागले हिजो छापा मारेर नियन्त्रणमा लिएका कागजपत्र छुटाइदिन भन्दै मन्त्री क्वाटरपुगेका थिए । विभागले हिजो छापा मारेको थियो ।

मन्त्री विष्टले हिजोका दिनमा म्यानपावरमा रहेको बिकृति अब रहन नदिने भन्दै बललाई त्यही अनुसार सतर्क रहन आग्रह गरे ।

आक्रोशित रुपमा प्रस्तुत भएका विष्टले भने, ‘सबैभन्दा पहिला गल्ती गर्ने एमालेका मान्छेलाई कारबाही गर्छु अनि मात्र अरु पार्टीकालाई गर्छु ।’

बुधबार सुकेधारास्थित मिराकल पार्टी प्यालेशमा म्यानपावरको अन्तर्वार्ता भएको थियो । पुर्व अनुमति नलिइ अन्तर्वार्ता लिइरहेको सुचना आएपछि विभागले छापा मारेको थियो ।

सुकेधाराको अलसाहिद म्यानपावरले फेब्रुअरीमा युएइका लागि ५० जनाको पुर्व स्वीकृति विभागबाट लिएको थियो ।

त्यही आधारमा ८५ जना साउदी लैजान भन्दै अन्तर्वार्ता भइरहेपछि छापा मारिएको थियो । अन्तर्वार्ता स्थलमा ब्रिज स्काइको नभएर अलसाहिदको फर्म बाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्