मायाको आगो बालेर चर्चा बटुल्दै गायक मोदनाथ (भिडियो सहित)



भावना म्युजिक सोलुसनको प्रस्तुतिमा मोदनाथ पहाडीको लोकदोहोरी गित “आगो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक मोदनथ पहाडी र गायिका पूर्णकला बि.सी. को सुमधुर आवाज रहेको छ । गीतलाई नेत्र अर्यालले शब्द तथा खेम सेञ्चुरीले संगीत गरेका हुन् । भिडियोमा बिमल र आयूष्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक कपिल लामाले निर्देशन गरेका छन् । भिडियोमा अमर शाक्यको सम्पादन र राजेश घिमिरेको छायांकन रहेको छ । म्युजिक भिडियोलाई भावना म्युजिक सोलुसनको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

२०६७ सालदेखि सांगितिक क्षेत्रमा हुमिएका गायक पहाडीले ‘पिरतिमा भजन गाउनेले’,  ‘मन पराको तिम्लाई धेरै भो’ र ‘आगो’ गरि ३ वटा एल्वम सार्वजनिक गरिसकेका छन् ।

बहुप्रतिभासाली गायक पहाडी गायनमा मात्र नभएर, शब्द लेखन र लयमा पनि उतिकै उत्कृष्ट मानिन्छन् । उनको आफ्नै स्वर, लय र शब्दमा छिट्टै अर्को रमाइलो गीत पनि रेकर्डिंग हुने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्