सुनको सिक्री प्रहरीबाटै लुटियो, यसरी खोलिदियो सीसी क्यामराले रहस्य



काठमाडौं, १४ चैत

महानगरीय प्रहरी वृत गौशलाबाट ड्युटीमा खटिएका दुई प्रहरीले नै सुन लुटेका छन् । सुन लुटेको अभियोगमा प्रहरी हवल्दार विश्वराज कुशहवा र जवान बिष्णुबहादुर थापा पक्राउ परेका छन् ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए । उनीहरूलाई निलम्बन गर्ने तयारी भईरहेको जनाइएको छ । उनीहरूले एक जना युवकसँग दुई वटा सुनको चुरा लुटेको खुल्न आएको छ । उनीहरुले अवैध रुपमा सुन ल्याएको भन्दै एक व्यक्तिलाई गौशलाको रुन्चे डाँडामा लगेर सुन लुटेका थिए ।

पीडितले प्रहरीले नै सुन लुटेको उजुरी दिएपछि सीसी क्यामेराको फुटेज हेर्दा लुटेको पुष्टि भएको डिएसपी थापाले बताए । सोमबार राति गौशलाको पिङ्गलास्थानमा रहेको पशुपति भिजन भवन अगाडि उनीहरुले दुई थान सुनका चुरा लुटेको दृष्य सीसी क्यामेरामा कैद भएको थियो । बृतबाट क्यूआरटी (क्विक रेस्पोन्स टिम) मा खटिएका दुवै जनाले सुन लुटेका हुन् । – नयाँपेज

प्रतिक्रिया दिनुहोस्