
अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्कान अब्बासीको जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कपडा फुकाल्न लगाइएको छ ।
सुरक्षा जाँच भन्दै पाकिस्तानी प्रधानमन्त्रीको खानतलासी लिइएको थियो । बहालवाला प्रधानमन्त्रीलाई यसरी खानतलासी गरिएको पहिलो पटक भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
पकिस्तानी प्रधानमन्त्रीले जेएफके विमानस्थलमा कपडा खोल्दै गरेको भिडियो भाइरल भएको छ । पाकिस्तानी मिडियाले यस घटनाले पाकिस्तानको बेइज्जत भएको बताएका छन् । अमेरिकाले प्रोटोकललाई ध्यानमा नदिएको भन्दै पाकिस्तानमा अमेरिकाको कडा आलोचना भैरहेको छ । -एजेन्सी





