अनेरास्ववियुले अवको दुई हप्तामा नयाँ नेतृत्व पाउँछ : नविना लामा



काठमाडौं, १४ चैत

नेकपा एमालेकी सांसद तथा नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफु सांसद भएकाले एक व्यक्ति दुई पदमा नवस्ने वताउँदै नेतृत्व हस्तान्तरणमा अवको एक दुई हप्तामा नै हुने र संगठनले नयाँ नेतृत्व पाउने वताएकि छिन् ।

सांसद तथा अध्यक्ष लामाले आफु विद्यार्थी राजनीतिबाट अघि वढेको हुनाले विद्यार्थीले गरेको सडक आन्दोलनका क्रममा बोलेका कुरा तथा प्राप्त उपलब्धीलाई संस्थागत गर्नको निम्ती लागि पर्ने र सो स्थानमा पुगेकोले आउने नेतृत्वलाई आफ्नो पूर्ण रुपमा समर्थन रहने वताएकि छिन् । लगनशिलता, क्रियाशिलतामा अवको नेतृत्व हस्तान्तरण हुने भएकाले पार्टी तथा अनेरास्ववियुको सल्लाह सुझाको आधारमा सम्भव भएसम्म निर्विरोध गर्ने र नभएमा विधि र पद्धति अनुसार नेतृत्व चयन हुनेमा सम्पूर्ण आम नेपाली विद्यार्थीहरुलाई ढुक्क हुन आग्रह गरेकी छिन् ।

अध्यक्ष लामाले आगामी १८ गते सचिवालयको वैठक वस्ने र त्यसवाट नेतृत्व छनौटको प्रकृया अघि वढ्ने वताउँदै अध्यक्ष लामाले भनिन् आउदो चैत्र २४÷२५ भित्रमा अनेरास्ववियुले नयाँ नेतृत्व पाइस्सक्ने जनाएकि छिन् । नेतृत्को विषयमा वोल्दै सांसद लामाले भनिन् संगठन नीति, सिद्धान्त र विचारको आधारमा अघि वढ्ने हो, पदले हैन । त्यसैले नेतृत्वको विषयमा समस्या नआउने वताएकि छिन् ।

अनेरास्ववियुको फ्रेमवर्कका आधारमा अभि वढ्नुपर्ने वताउँदै अध्यक्ष लामाले भनिन् अनेरास्ववियुको अध्यक्षमा खुल्ला प्रतिपर्धा हुने तर त्यसमा आफ्नो पार्टीको भुमिका भने पहिलो हुने भएकाले सवै उपाध्यक्ष तथा महासचिव मध्येमा कुनै एक जनाले अवको नेतृत्व लिने र त्यसले आम नेपाली विद्यार्थीको मन जित्ने, शैक्षिक तथा लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न सक्ने तथा नयाँ नेपाल निमार्ण, समृद्ध नेपालको निम्ती कार्य गर्न सक्नु पर्ने वताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्