६ पटकसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइका चर्चित भिलेन



काठमाडौं, १४ चैत

वलिउड तथा दक्षिण भारतीय फिल्म उद्योगमा कैयौं अभिनेता छन् जो भिलेन बनेर चर्चित भएका छन् । तर अहिलेको समयका चर्चित भिलेनको रुपमा प्रकाश राज पहिलो नम्बरमा आउँछन् ।
प्रकाश राजलाई भिलेनको रुपमा देख्न चाहनेहरु करोडौं छन् । उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगन जस्ता सुपरस्टारसँग भिनेन बनेर काम गरेका छन् । पछिल्लो समय रोहित शेट्टीको फिल्म गोलमान अगेनमा देखिएका प्रकाश राजको कामको निकै प्रशंशा गरिएको थियो।

हिजो प्रकाश राजको जन्मदिन । २६ मार्च १९६५ मा बैंगलोरमा जन्मिएका प्रकाश राजको वास्तविक नाम प्रकाश राय हो । तमिल निर्देशक के. बालाचन्दरको सुझावअनुसार उनले आफ्नो नाम फेरेका हुन् ।उनले आफ्नो अभिनय करिअरको सुरुवात दूरदर्शनको धारावाहिक सिरियलबाट गरेका थिए । १९९४ मा उनले तमिल फिल्ममा डेब्यू गरेका थिए । उनी अभिनेताका साथै निर्देशक पनि हुन् ।प्रकाश राजले ५ पटकसम्म राष्ट्रिय पुरस्कार पाएका छन् । एक समय यस्तो पनि थियो जब तेलुगु फिल्म उद्योगले उनलाई ५ पटकसम्म प्रतिबन्ध लगाएको थियो ।

उनको खराव आचरणका कारण उनीमाथि प्रतिबन्ध लगाएको बताइएको थियो । तर, त्यतिबेला तेलुगुका केही हिरोहरु मिलेर उनलाई फसाउन प्रतिबन्ध लगाइएको पनि चर्चा चलेको थियो । एजेन्सी।

प्रतिक्रिया दिनुहोस्