दुब्लो फिगरका कारण करिना ट्रोलको सिकार



कुनै समय बलिउड सिने नगरीमा आफ्नो लुक्स र फिगरको भारी चर्चा बटुल्न सफल अभिनेत्री करिना कपुर यतिबेला ट्रोलको सिकार बनेकी छन् ।

हालै सिंगापुरमा सम्पन्न समर फेसन शोमा पुगेकी करिना डीजाइनर मनिष मल्होत्रासँग र्‍याम्पमा उत्रेकी थिइन् । र्‍याम्पमा उत्रँदा देखिएको दुब्लो फिगरका कारण उनी ट्रोलको सिकार बनेकी छन् । र्‍याम्पका केही फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएलगत्तै करिना ट्रोलको सिकार भएकी हुन् ।

उनीमाथि विभिन्न ट्रोलहरु बनेका छन् भने ति ट्रोलमा गरिएका कमेन्टमा कतिपयले ’केही त खाने गर’देखि ’कुपोषण भएको’ जस्ता शब्दहरू उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्