
पाल्पा, १३ चैत
पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटको कोटथरमा रहेको रम्भादेवी मन्दिर पुनःनिर्माण भएको छ ।
जीर्ण अवस्थामा रहेको मन्दिर गएको वर्षात्मा मन्दिर नजिकै रहेको बरको रुख ढलेर भत्किएको थियो । यहाँका स्थानीयवासीको जनश्रमदानबाट मन्दिर पुनःनिर्माण भएको छ ।
स्थानीयवासीको रु ५० हजार २२१, गाउँ विकास कोषबाट रु ६५ हजार पाँच, स्थानीयको जनश्रमदानबाट रु ६६ हजार तथा अन्य स्रोतबाट रु छ हजार पाँच गरी जम्मा रु एक लाख ८७ हजार २३१ को लागतमा मन्दिर पुनःनिर्माण गरिएको स्थानीय युवा योगेन्द्र पाँडेमगरले बताउनुभयो ।
मन्दिर निर्माण भएपछि यस भेगका भक्तजनलाई पूजा गर्न सजिलो भएको स्थानीयवासी एवत सारुले बताउनुभयो । (रासस)





