
एजेन्सी । बलिउड अभिनेता टाइगर श्रफले नेपाली दर्शकलाई नयाँवर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देश मार्फत अभिनेत्री दिशा पटानीसंगै उनले नयाँ वर्षको सुभकामना ब्यक्त गर्दै आफ्ना आगामी फिल्म ‘बाघी २’ हेर्न उत्साह दिएका हुन् ।
दिशा र र टाइगर अभिनित फिल्म ‘बागी २’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
दिशा र टाइगर प्रेम सम्बन्धमा छन् । टागर र दिशाको यो पहिलो स्क्रीन शेयर हो । सयभन्दा बढी नेपाली पर्दाबाट फिल्म रिलिज हुने जानकारीसंगै फिल्म हेर्नका लागि उनि दुईले सम्पूर्ण नेपालीलाई आग्रह गरेका हुन् ।
एक्सन ड्रामा ‘बागी’को यो दोसो सिरिज यतिबेला नेपाली हलमा प्रतीक्षित छ ।





