धेरै प्रजातिका बाँदर मध्ये ठ्याक्कै मान्छै झै व्यवहार र अनुहार भएको बादर…(भिडियो सहित)



मानिसको पुर्खा भनिन्छ बाँदरलाई । त्यसैले मानिस र बाँदरको धेरै कुरा मिल्छ पनि भनिन्छ । पृथ्वीमा धेरै प्रजातिका बाँदर छन् । अहिले चाहीँ एउटा खास बाँदर सोसल मिडियामा चर्चाको विषय बनिरहेको छ ।

यो बाँदर ठ्याक्कै मानिसकै अनुहार परेको छ । चीनको तिआन्जिन जुलोजिकल गार्डेनमा रहेको यस बाँदरले आफ्नो अनुहार र हाउभाउका माध्यमबाट आगन्तुकहरुालई आफुतर्फ आकषिर्त गरिरहेको छ ।

यो बाँदरको अनुहार मानिससँग धेरै मिल्दछ । सोसल मिडियामा यो बाँदरका केही फोटो तथा भिडियोहरु शेयर गरिएको छ । बाँदरलाई देखेर चिडियाखानाका कर्मचारी पनि हैरान छन् ।

यो बाँदरको एक भिडियो निकै भाइरल बनेको छ जसमा उसले फरक फरक हाउभाउ प्रस्तुत गरेको छ ।

इन्टरनेटमा अपलोड भएसँगै यो भिडियोलाई विभिन्न प्लेटर्फमममा लाखौँ मानिसले हेरिसकेका छन् र शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्