
काठमाडौँ, १२ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनद्वारा सार्वजनिक निर्वाचन प्रतिबेदन प्रति कडा टिप्पणी गरेपछी विश्लेषकहरुले त्यसलाई सकारात्मक र दृढ प्रधानमन्त्री को रुपमा अर्थाएका छन् ।
अनेक बहानामा नेपालको सार्वभौमसत्ता नेपालको स्वतन्त्रता जस्ता अन्तारिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको इयु प्रति प्रधानमन्त्री ओलीले नेपाल सार्वभौम मुलुक भएको हेक्का राख्न इयुलाई चेतावनी दिएका थिए ।
ओलीको यहि अभिव्यक्तिको तारिफ गर्दै राजनैतिक विश्लेषक भरत दाहालले “०४७ साल यताकाे इतिहासमा “देशकाे प्रधानमन्त्रिकाे” भन्न लायक अभिव्यक्ति भन्दै प्रशंशा गरेका छन् ।
ओलीको अभिव्यक्ति लाई साथ दिदै दाहाल अगाडी लेख्छन सारा देश साथमा छ मसंग विचार मिल्दैन तर पनि देशका लागि साथमा छुँ। साम्राज्यवादीहरूमाथि कठाेर व्यवहार नगर्दासम्म देश उँभाे लाग्दैन नेपालकाे परराष्ट्र नीतिमा मित्र शक्ति, ब्यापारिक साझेदार शक्ति र दुष्ट शक्तिहरूकाे वर्गिकरण गर्न अावश्यक छ, समदुरीकाे नीति घातक छ कर्मचारी र दलका मानिसहरू एनजिअाेसंग जाेडिने नीति खारेज गर, विदेशी लगानीका क्षेत्रहरू परिभाषित गर र छाडा दूताबास बन्द गर्न सुझाव दिएका छन् ।
दाहालले आफै इयुलाई चेतवानी दिदै लेखेका छन् दिसा गरेपछि हात धुने हजाराैं बर्षदेखिकाे संष्कार भएकाे देशमा अहिले पनि दिशा नधुने यूराेपीयनहरूबाट “दिशा गरेपछि हात धुनुपर्छ” भन्ने विज्ञापन गर्न पैसा ल्याउने द्रब्य पिचाशहरू निस्केपछि हेप्दैनन् त ?





