
काठमाण्डौ । चर्चित गायक तथा संगीतकार कालीप्रसाद बासकोटाको स्वरमा रहेको नयाँ गीत ‘दाइ नभन्नू ल’ को भिडियो सार्वजनिक भएको छ। यो गीतबाट नयाँ डान्स ग्रुप नेपाली संगीत उद्योगमा भित्रिएको छ।
यसअघि चलचित्र ‘पुरानो डुङ्गा’ को ‘निर’ गीत कभर गरेर चर्चित भएको र ‘मिस्टर झोलेुको गीत’ ओखती’ को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ‘क्रिष्टल क्लज डान्स क्रूुले/ दाइ नभन्नु लुको भिडियो निर्माण गरेको छ।
गीतमा एकतारेको शब्द रहेको छ। त्यसमा अनिल शर्माले थप अन्तरा कोरेका छन् भने संगीत सुशान्त गौतमको छ। सो गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ।
सन्देश जंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन्। भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन्।





