नपाएको कि नखेलेको ?



वर्षा सिवाकोटीले जति फिल्म खेलेकी छन्, तीभन्दा धेरै उनले नखेलेका र छाडेका फिल्मको चर्चा हुन्छ । मेरो पैसा खोई ?, रानीमहलपछि यही नियति दोहोरिएको छ, नाइँ नभन्नु ल–५ को सवालमा । फरक कत्ति भने यसअगाडि उनी फिल्म खेल्ने सम्झौता/सहमति भएपछि छाड्थिन् । यसपटक प्रस्ताव नै अस्वीकारेको बताइन्छ । कारण बडो रमाइलो छ । फिल्मकी मुख्य हिरोइन स्वस्तिमा खड्का हुन् ।

वर्षाचाहिँ स्वस्तिमाको फुपू बन्नुपर्ने भयो । आफ्नै उमेरकी हिरोइनको फुपू बन्न वर्षाको मनले मानेन, त्यसैले अस्वीकार गरिन् । तर, कथा यत्तिमै सीमित भएन । त्यही भूमिका पनि उनले खेल्न नपाएको अर्को चर्चा सुनिएको छ । यसको कारण अझ रमाइलो छ । बाल–कलाकार अनुभव रेग्मीले फिल्ममा वर्षाको उपस्थिति रुचाएनन् । त्यसैले निर्माण पक्षले वर्षालाई ‘बाइबाइ’ गर्‍यो । कारण जेहोस्, घाटाचाहिँ वर्षालाई नै छ, आफ्नै डेब्यु फिल्मको सिरिजमा खेल्न जो पाइनन् । (नेपाल राष्ट्रिय साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस्