युवाको सक्रियतामा खेलकूद मैदान र मन्दिर निर्माण



म्याग्दी, १२ चैत

म्याग्दीको रघुंगगा गाउँपालिका–३ अक्षतामा युवाको सक्रियतामा खेलकूद मैदान र देवी मन्दिर निर्माण गरिएको छ ।

सनराइज युथ क्लबको अगुवाइमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकूद मैदान निर्माण गरिएको हो । सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु चार लाख  ६० हजार ४४९ संकलन  भएको थियो । त्यसैगरी मन्दिर र खेलकूद मैदान निर्माणमा रु चार लाख २५ हजार बराबरको जनश्रमदानसमेत गरिएको क्लबका अध्यक्ष जगत भण्डारीले जानकारी दिनुभयो ।

क्लबका अनुसार, सो खेलमैदान सम्याउनको लागि डोजर खर्चमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले रु ३३ हजार बराबरको सहयोग गर्नुभएको छ । मन्दिर र खेलमैदान निर्माणमा रु आठ लाख तीन हजार चन्दा संकलन र श्रमदानमार्फत जुटाइए पनि अझै रु तीन लाख ४३ हजार ऋण रहेको क्लबले जनाएको छ ।

नवनिर्मित मन्दिरको उद्घाटन कार्यक्रमको अवसरमा शनिबार मात्रै रु ५० हजार थप सहयोग जुटेको छ । मन्दिर पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएपनि खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्