के आउँदैछ त प्रधानमन्त्री ओलीको सम्बोधनमा ?



काठमाडौं, १२ चैत

प्रधानमन्त्री नियुक्त भएको एक महिनापछि ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । देशबासीका नाममा सम्बोधन गरी आफ्ना सरकारका प्राथमिकता र नीतिका बारेमा ओलीले विशेष घोषणा गर्न लागेका हुन् ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले पूर्वपश्चिम विद्युतीय रेलमार्ग, रसुवाबाट काठमाडौँ पोखरा हुँदै लुम्बिनीसम्म रेल मार्ग, काठमाडौँमा मोनो रेल, पानी जहाज, धराहरा पुनर्निर्माण, युवाहरुलाई स्वरोजगार परियोजना लगायतका लोकप्रिय योजना घोषणा गर्दैछन् ।

पूर्वाधार विकास, उर्जा र पर्यटनलाई केन्द्रमा राखेर ओलीले सम्बोधनको तयारी गर्न भनेको स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्