देशवासीका नाममा यसैसाता ओलीको सम्बोधन



काठमाडौँ, १२ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनापछि ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । देशवासीका नाममा सम्बोधन गरी आफ्ना सरकारका प्राथमिकता र नीतिका बारेमा ओलीले विशेष घोषणा गर्न लागेका हुन् । चैतको अन्तिम साता भारत भ्रमणमा जान लागेका ओलीले त्यसअघि नै देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारमा सहभागी एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए ।

सम्बोधनमा समावेश हुने विषयवस्तुका बारेमा गृहकार्य गर्न प्रधानमन्त्री ओलीले सल्लाहकार समूह र विज्ञहरुलाई निर्देशन गरिसकेका छन् । यसैगरी, बिभिन्न मन्त्रीहरुसँग पनि उनले परामर्श गरिरहेका छन् । ‘सम्भवतः एक साताभित्र प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्नुहुन्छ’- उनको सचिवालयका एक कर्मचारीले दैनिक नेपाललाई भने ।

ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा आउन ढिलाई गरेका कारण मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्