
काठमाडौँ : अहिले गाई प्रकरणले सामाजिक संजाल निकै तातिरहेको छ । । केहि दिन अगाडी प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छिन ।
तामाङ समुदायले ऐतिहासिक कालदेखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्यवस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसावबाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छन् l
नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए ।

यसै बिषयलाई लिएर सामाजिक संजालमा हिन्दु धर्मालम्बीहरुद्वारा राधिका प्रति आक्रोश पोखेका छन् भने कतिपयले राधिकाको कुरा सहि हो भन्दै लेखेका छन् ।
बेला-बेलामा सामाजिक संजालमा आलोचना खेपी रहेको पत्रकार दिल निशानी मगरले पनि राधिकाको बिषयलाई लिएर आफ्नो फेसबुकमा लेखेका छन् । “गाईको मासु खानेहरु चन्द्रमामा पुगी सके गाईको मुत खानेहरुको यो मुलुकमा काम नभएको समेत भनेका छन् । हिन्दु धर्मावलम्वीहरुले गाइलाइ आमा मानिने हुदा व्यंग्य गर्दै दिल निशानीले ‘छाडा चौपायालाई नि कसैले आमा भन्छ?’ भन्दै प्रश्न गरेका छन् ।





