
राजेश हमाल एक दिनकालागि घरबाहिर जाँदैछन् भने पनि उनको विदाई भने विदेश जान लागे जत्तिकै हुन्छ । ढोकाको छेउमा दुईवटा घडा,त्यसमाथि फूल अनि हिड्ने बेलामा टिको लगाएर हातमा फलफूल सगुन लिएर मात्र उनी निस्कन्छन् । उनको हजुरआमा हुँदैदेखि सुरु भएको यो नियम अझसम्म उस्तै छ । हजुरआमापछि आमा, भाई, सहयोगी र अहिले श्रीमती मधु भट्टराईले उनको लागि यो काम गर्छिन् ।दैनिक कम्तीमा एक घन्टा व्यायाम गर्छन् ।
राजेश जाडो या गर्मी जस्तो सुकै मौसम वा जुनसुकै ठाउँमा पनि सधै चिसो पानीले नै नुहाउँछु भन्छन् ।
उनी कफी पारखी हुन् । विहान दिउँसो र रातीको खानापछि चिनी नराखेको कालो कफी पिउँछन् । दुध हालेको चिया रुचाउँदैनन् ।
राजेश हमाल भात खादैनन् । उनले भात खान छोडेको १८ वर्ष भयो । रोटी पनि खासै खादैनन् । नुन, चिल्लो, पिरो, मसला नराखेको तरकारी, दाल, अन्डा, मासु उनको खान्कीमा पर्छ । फलफूल चै असाध्यै धेरै खान्छन् ।
मिल्दासम्म उनी बाहिर खाना खाँदैनन् । सुटिङकाबेलामा पनि घरबाटै झोलामा खानेकुरा बोकेर लैजान्छन् ।
त्यसोभए उनको झोलामा अरु के के हुन्छ त ?
एउटा किताव, पत्रिका, डायरी र पेन, पानी, आइप्याड, एक दुईवटा फलफूल, ड्राइफूड र कफी बनाउने भाडा चै टुट्दैन ।
राजेशलाई लामो कपाल मन पर्छ । उनको कपाल काट्न वा स्टायल दिने काम ठाकुर रामले मात्रै गर्छन् ।
घरबाहिर निस्कदा खल्तीमा एउटा दुइटा रबर ब्यान्ड राखेकै हुन्छन् । गर्मी भए कपाल बाँध्न हुन्छ भनेर ।
राजेशको घाँटीमा कालो रङको माला सधै हुन्छ । १३ वर्षदेखि उनले यस्तो माला लगाउन थालेका हुन् । तर यस्तो माला उनी आफैले भने कहिले पनि किनेका छैनन् । कक्षा ८ मा पढ्दा उनको वुवाले कालो रङको माला लगाइदिएका थिए । त्यही माला १० वर्ष टिक्यो । त्यस यता उनका प्रशसंकहरुले नै उनलाई यस्तो कालो रङको माला उपहार दिने गरेका छन् ।
राजेश एक्लै हुँदा धेरैजसो हिन्दी गीत सुन्छन् ।
उनलाई पुराना फर्निचर संग्रह गर्न मन पर्छ । उनको घरमा ४० वर्ष पुराना फर्निचर मात्रै छन् ।
समयको त्यति ख्याल नगर्ने नायकका रुपमा चिनिन्छन् । सुटिङमा सधै ढिलो आउने उनको बानीले धेरै कलाकार निर्देशक र सुटिङ युनिटलाई नै दिक्क बनाएको छ ।
राजेश हमालका अरु यस्तै अनौठा बानी थाहा भए तपाई पनि हामीसँग शेयर गर्न सक्नुहुन्छ ।





