‘कार्लमन किङ’ विश्वको सबैभन्दा महँगो यसयूभी



आज हामी एक यस्तो यसयूभीको बारेमा जानकारी दिदैछौं, जुन विश्वको सबैभन्दा महँगो यसयूभी हो । ‘कार्लमन किङ’ जो आफ्नो अनौठो डिजाइनका कारण मानिसलाई लोभ्याइरहन्छ । यो जति दमदार छ, उतै नै वजनदार समेत छ ।

उक्त गाडीको वजन ६ टन अर्थात ६ हजार किलो छ । यो गाडी सबैले किन्न सक्दैनन् । १२ जनाले मात्रै यो गाडी किन्न सक्छन् । किनकी कम्पनीले १२ युनिट मात्रै बनाएको छ । उक्त कारमा चार जना मात्रै बस्न सक्छन् । यसको इन्टिरियर निकै लग्जरी छ । यसमा टिभी र फ्रिज लगायतका सुविधा छन् ।

इन्जिनको कुरा गर्ने हो भने ६.८ लिटरको भी १० इन्जिन यो कारमा छ । जसले ४०० बीएचपीको पावर दिन्छ । यो कार प्रतिघण्टा १४० किलोमिटर गुड्न सक्छ । मूल्य १३ करोड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्