जहाँ कहिल्यै बुढी हुँदैनन् महिलाहरु



दुनियाको एउटा यस्तो ठाउँका बारेमा के तपाइँले कहिल्यै सुन्नुभएको छ, जहाँ ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् ?सुन्दैमा अनौठो तथा लोभलाग्दो लाग्ने यस्तो यथार्थ पाकिस्तानको एउटा गाउँमा पाइन्छ ।यो संसारमा सयौँ आदिवासीहरु बसोबास गर्दछन् । ती मध्इे एक हुन्जा आदिवासी यस्ता छन् जो वास्तवमा कहिल्यै बुढा नै हुँदैनन् भन्द्या हुन् ।
यो आदिवासीका खासगरी महिलाहरु पाको उमेरसम्म पनि जवान र सुन्द्यर देखिन्छन् ।पाकिस्तान अधिनस्थ काश्मीरको गिलगिट इलाकास्थित हुन्जा उपत्यकामा यो जनजाति समुदाय बस्दछ ।अनौठो त के भने यो समुदायका महिलाहरुले ६५।७० वर्षको उमेरमा पनि बच्चा जन्माउँदछन् ।
यो समुदायका मानिसहरु विरलै बिरामी पर्दछन् । सरीरमा रोगसँग लड्ने क्षमता उच्च छ ।यो समुदायमा औषत आयु १ सय वर्षभन्दा धेरै छ । यति बढि उमेरको राज चाहीँ यिनीहरुको खानपान नै हो । यिनीहरु आफ्नो भोजनमा अत्यधिक मात्रामा फलफूल तथा जडिबुटीहरु समावेश गर्दछन् । अन्नपात पनि आफैले उब्जाएको स्वस्थ र ताजा मात्र सेवन गर्दछन् । पानी जम्ने ठण्डीमा पनि चिसो पानीले नै नुहाउँछन् ।स्मरण रहोस् यो समुदायले आफुलाई सिकन्दरको वंशज मान्दछन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्