
सामाजिक सञ्जालमा पत्रकार ऋषि धमलाले अङ्ग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाइरल बनिरहँदा नायिका तथा धमला पत्नी एलिजा गौतमले त्यसको कडा प्रतिवाद गरेकी थिइन् । युएस बाङ्ला विमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका थिए। टेलिभिजनबाट सञ्चारकर्मीले भने धमलालाई अङ्ग्रेजीमा प्रश्न सोधेका थिए ।
चौतर्फी आलोचना भएपछि पत्रकार ऋषि धमलाले आफूले हिन्दीमा बोलेर कुनै गल्ति नगरेको बताएका थिए। आफूले लेखेको खेल अङ्ग्रेजी पत्रिकामा समेत प्रकाशित भएको भन्दै धमलाले आफू अङ्ग्रेजीमा पनि पोख्त भएको र आलोचकसँग अङ्ग्रेजीमै एक घण्टा बहस गर्ने तयार भएको बताएका थिए।





