४७ वर्षअघि मौकाको फाइदा उठाउँदै जितेन्द्रले गरे यौनशोषण : आफन्त पर्ने बहिनीको आरोप



मुम्बई । जितेन्द्रविरुद्ध उनकै आफन्त पर्ने बहिनीले ४७ वर्षअघि भएको घटनालाई लिएर यौनशोषणको आरोप लगाएकी छिन् । प्राप्त जानकारी अनुसार घटनाको बेला पीडिता १८ वर्ष र जितेन्द्र २८ वर्षका थिए ।

आफूलाई जितेन्द्रको मामाको छोरी बताउने ती महिलाका अनुसार जितेन्द्र त्यतिबेला उनको घर आएका थिए । तर, जितेन्द्रलाई अचानक चलचित्रको सुटिङका लागि सिमला जानुपरेपछि उनी पनि सँगै गएकी थिइन् ।

मौकाको फाइदा उठाउँदै जितेन्द्रले त्यहाँको होटलमा उनको यौनशोषण गरेका थिए । ती महिलाका अनुसार आफ्नो आमाबाबु जिवित रहेसम्म आफूले यो कुरा उठाउन नमिल्ने भएको कारण उनीहरुको मृत्यु पश्चात मात्र यो कुरा उठाएकी हुन् । ती महिलाका अनुसार जितेन्द्र उनको बुवाको बहिनीको छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्