प्रधानमन्त्रीको पहिलो विदेश तया, कहाँ जाँदैछन् ओली ?



काठमाडौं, ९ चैत्र

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपल्ट विदेश भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली प्रधानमन्त्री भएपछि पहिलोपल्ट तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने बताईएको छ । तर परराष्ट्र मन्त्रालयले भने भ्रमणको आधिकारिक मिति सार्वजनिक गरिसकेको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले भारत भ्रमण गर्ने निश्चित भएपनि त्यसवारे छलफल भइरहेको जानकारी दिएको छ । ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक भारत भ्रमणको निम्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्