पैसाको लोभमा २३ बर्षीय युवाले गरे ३८ बर्षीय महिलासँग विवाह



एकजना २३ बर्षीय युवाले पैसाको लोभमा ३८ बर्षीय महिलासँग विवाह गरेका छन् । चिनीयाँ मिडियाहरुले उनीहरुको माया र विवाहका बारेमा चर्चा गरिरहेको छ ।

उनीहरु केही दिन अघि मात्र हैनानको क्यूएनघाई शहरमा विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुको विवाह र प्रेम सम्बन्धका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलिरहेको छ ।चिनीयाँ अनलाईन रिपोर्टका अनुसार बेहुली आफ्नो बेहुलाको आमाको तुलनामा केबल एक बर्ष मात्र कम उमेरकी रहेकी छिन् ।

साथै ती महिलाको साथमा पहिलो विवाहबाट भएको १४ बर्षीय छोरा पनि रहेको छ । उनी पहिलो पतिसँगको विवाहको केही समयपछि गर्भवती भएलगत्तै आफूभन्दा १५ बर्ष कम उमेरका यि प्रेमीसँग बस्दै आइरहेको बताइएको छ ।

सुरुमा केटाको आमाबाबुले ती महिलासँग आफ्नो छोराको विवाह गर्न अस्वीकार गरेका थिए । तर पछि महिलाको तर्फबाट ६ लाख ६० हजार युआन, केही मूल्यवान बस्तुहरु, एउटा फेरारी र अन्य थुप्रै अचल सम्पत्तिहरु दाइजो स्वरुप दिइएपछि उनीहरु पनि उक्त विवाहका लागि राजी भएका थिए ।

विवाहका लागि जम्माजम्मी ५० लाख युआन बराबरको दाइजो दिइएको थियो ।३८ बर्षीय ती महिला एकदमै धनी रहेको र उनको अचल सम्पत्तिको कारोबार रहेको बताइएको छ ।

उनीहरुको विवाहको फुटेजबाट पनि उनी कति धनी रहिछन् भन्ने थाहा पाउन सकिन्छ । उनको शरिरभरि रहेका चम्किला सुनका गहना र सजावटाका साथै उनीहरु चढेको रातो रंगको स्पोर्टस् कारबाट पनि यस कुराको पुष्टि गर्न सकिन्छ ।

केही मानिसहरुले ती नवविवाहित जोडीलाई बधाई तथा शुभकामना दिएपनि केहीले भने दिएनन् । बधाई नदिनेका अनुसार उनीहरुले साँचो प्रेमका आधारमा विवाह गरेका होइनन । यो विवाह पैसाको शक्ति र लोभमा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्