१६ देखि ३० वर्षको अवधिमा धेरै पटक प्रेममा परे तर मलाई सँधै धोका नै दिइयो : कंगना रनोट



मुम्बई ।पछिल्लो समय ‘कंगना रनोट’ बलिउडमा सफल नायिकाको रुपमा चिनिन्छिन् । उनले गरेका प्रायः फिल्मले राम्रो ब्यापार तथा चर्चा कमाईरहेको हुन्छ यद्यपी उनको व्यक्तिगत जिवन भने सँधै विवादमा रह्यो ।हालै एक अन्तर्वार्ता दिने क्रममा कंगनाले आफ्नो थुप्रै युवकसँग प्रेम भएको तर कुनै टिकाउ हुन नसकेको बताएकी छिन् ।

कंगनाले भनिन्, ‘धेरै पटक अफेयर रह्यो । १६ देखि ३० वर्षको अवधिमा धेरै पटक प्रेममा परे । तर, प्रत्येक पटक धोका मात्रै मिल्यो ।’ उनले भनेकी छिन्, ‘यस्तो कुनै मौका नै कहिल्यै आएन, जहाँ म आफैँ कसैलाई ब्रेकअफ दिएको छु, सँधै मलाई नै धोका दिइयो ।’

कंगनाले भनेकी छिन्, ‘प्रत्येक सम्बन्धपछि जिन्दगी नै सकिएको जस्तो महशुस हुन्छ । प्रेमीहरू प्रत्येक पटक सोध्थे मेरो प्रेम मा कुनै जादु तुना त छैन ? यदि मेरो प्रेम कसैलाई पागलपन लाग्छ भने यसमा केही आपत्ति छैन र म कोही अर्कै खोज्छु । यदि मलाई मान्छेहरूले जादु–टुना गर्ने महिला सम्झन्छन् भने यसमा मलाई चिन्ता छैन ।’

मणिकर्णिका’को काममा व्यस्त कंगना यतिबेला धोका नदिने प्रेमीको पर्खाइमा छिन् ।

प्रतिक्रिया दिनुहोस्