
९ चैत २०७४ काठमाडौँ ।
पानी बाराबारको सम्बन्धमा रहेका प्रदीप र पूजाको भेटले यति बेला सिनेबृतमा तंरग पैदा गरेको छ । एकअर्काको मुख हेर्न सम्म नरुचाउने यी दुईको बुधवार पुतलीसडक स्थित स्टार मलमा जम्काभेट भयो । लिलीबिली प्रमोसनको लागी अन्तवार्ता दिइरहेका प्रदिप र रामकहानीको सुटिङबाट फर्किएकी पूजाको भेट भएसँगै एकै छिन् कोही बोलेनन् । जब पूजाले त्यहाँ प्रदिप र जसितालाई अन्तवार्ता दिईरहेको देखिन,उनि बाहिर निस्किन र तल आएर बसिन। पछि प्रदिप आफै पूजासँग हास्दै के छ भनि बोले । प्रदिपले पूजालाई किन बाहिर आएको भनेर प्रश्न गरे, जवाफमा पूजाले अन्तवार्ता भइरहेकाले डिस्टर्ब होला भनेर भनिन्, त्यसपछि प्रदिपले तर हुदैनथ्यो भनि जवाफ फर्काए । दुबैजनाले एक साथ तस्बिर पनि खिचाए ।
हाल प्रदीप चलचित्र ‘लिलीबिली’को प्रमोसनमा छन् भने पूजा नयाँ चलचित्र ‘रामकहानी’को सुटिङमा व्यस्त छिन् ।





