शाहिदलाई सेक्स गर्दा सबैभन्दा मनपर्ने यौन आसन….



एजेन्सी । सेक्स लाइफ बारे सोधिएका प्रश्नहरुको उत्तर दिन जो कोही पनि अनकनाउँछन् । यस्तै भयो हालै बलिउड अभिनेता शाहिद कपुर र उनकी पत्नी मिरालाई पनि ।

बलिउड अभिनेत्री नेहा धुपियाको च्याट शो ‘भोग न्यू बीबएफएफ’ मा उपस्थित भएको यो जोडीलाई कार्यक्रम प्रस्तोता तथा नायिका नेहा धुपियाले सुरुमा नै सेक्स लाइफ बारे निकै असहज लाग्ने प्रश्न गरिन् ।

सुरुमा नेहाले शाहिदलाई ‘तपाईंको सबैभन्दा मनपर्ने यौन आसन कुन हो भन्ने प्रश्नले उनमा लागेको लाजको काउकुती अनुहारमा देख्न सकिन्थ्यो । शाहिदले कुनै जवाफ दिन नसकेपछि सोही प्रश्न मिरातिर सोझियो ।

शाहिदले मिरालाई त्यसको जवाफ नदिन ईशारा गरे, तर मिरा चुप बस्न सकिनन् । उनले भनिन्, ‘बेडमा सँधै उहाँ हाबी हुनुहुन्छ । उहाँ जे भन्नुहुन्छ, म त्यही गर्छु भनेपछि अन्तरवार्तामा हाँसोको फोहोरा थामी नसक्नु भयो ।

प्रतिक्रिया दिनुहोस्