
काठमाडौं, ८ चैत । नायिका ऋचा शर्मा अभिनित चलचित्र ‘सुनकेसरि’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको सो ट्रेलरमा नायिका ऋचालाई डर लाग्दो भूतको रुपमा देखाइएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका ऋचाले सुटिङको लागि अस्ट्रेलियामा बसेको घरमा पनि डर लाग्दो घटना भएको जानकारी दिइन् । आफैं डोरबेल बज्नेदेखि असामान्य प्रकारको आवाज आउनेजस्ता घटनाले चलचित्र बनाउन पुगेको टिम नै डरलाग्दो अवस्थाबाट गुज्रिनु परेको अनुभव ऋचाले सुनाइन् ।
बिजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई द पिक पिक्चर्सको साथमा थर्ड आइ पिक्चर्सको संयुक्त लगानी गरेको छ । साथै सो चलचित्रलाई नायक तथा निर्देशक अर्पण थापाले निर्देशन गरेका छन् ।
हरर जनरामा बनेको चलचित्र ‘सुनकेसरी’मा नायिका ऋचा, रविन्द्र झा, सन्नी ढकाल, भीम न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ ।
‘सुनकेसरी’ विदेशी प्राविधिक राखेर निर्माण गरिएको पहिलो चलचित्र हो। चलचित्रलाई अष्ट्रेलियन फिल्म उद्योगमा झन्डै एक दशकदेखि छायांकन गर्दै आएका रमेश शर्माले खिचेका हुन् । सुनकेसीको आउँदो जेठ ११ गते प्रदर्शन मिति तोकिएको छ ।





