
काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम वर्ष २०७३ को परीक्षाफल प्रकाशित गरेको छ ।
कार्यालयले एमबीएस प्रथम वर्षको आंशिक तर्फको मात्र परीक्षाफल प्रकाशित गरेको हो । एमबीएस प्रथम वर्ष २०७३ (आंशिक) मा उत्तिर्ण हुने विद्यार्थी प्रतिशत ३२.७८ रहेको छ । नतिजा हेर्नका लागि विद्यार्थीले www.tu.ntc.net.np वेबसाइट अथवा ४९४९ मा सिम्बोल नम्बर लेखि एसएमएस पठाउन सक्छन् ।





