प्लेन दुर्घटनाबाट मृत्युलाई जितेर श्रीमान आउँदाको खुशी…(भिडियो सहित)



युएस बंगलाको भयानक दुर्घटनाबाट बाँच्न पाउनु ठूलो भाग्य हो। यस्तै भाग्यमानी व्यति हुन्, ललितपुरका पर्यटन व्यवसायी सनम शाक्य। उनी बंगलादेशमा युएस बंगलाले नै आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किंदा दुर्घटनामा परेका हुन्।

सनम शाक्य फ़ोरिएको झ्यालबाट निस्किएर, बाँच्न सफल भए। हातमा चोट बाहेक उनलाई अरु ठूलो चोट लागेन। अस्पतालमा केही दिन बसेर उनी अहिले घर फर्किसकेका छन् । सनमले घरमा फर्किएर पूजा लगाएर विभिन्न दान समेत गरिसकेका छन्।

उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना र मृतकहरुमा श्रद्धान्जली अर्पण गरिरहेका छन् । उनी आफू त्यो दुर्घटनाको भयावह यादबाट बाहिर निस्कने, त्यो डरलाई जित्ने कोसिस गरिरहेका छन्। सनमले आफ्नो अन्तर्वार्ता हेरेर शुभकामना पठाउनेहरुप्रति पनि कृतज्ञता प्रकट गरेका छन्।

सनमकी श्रीमती श्रीमानलाई सकुशल पाउँदा आफूलाई भाग्यमानी ठान्छिन्। उनलाई आफूहरुको राम्रो कर्मको फलले नै भगवानले सनमलाई नयाँ जीवन दिएको भन्ने लाग्छ। अब बाँकी जीवन राम्रो काममा गरेर, अरुलाई सहयोग गरेर, इमान्दार बनेर बाँच्ने चाहना रहेको उनी बताउँछिन्। उनलाई लाग्छ, राम्रो काम गर्नु भनेर नै सनमलाई भगवानले त्यो दुर्घटनाबाट बचाएका हुन्।

प्रतिक्रिया दिनुहोस्