
नायिका प्रिंयका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको ‘माछीले खाने खोलीको लेउ’ लाई युटुबमा एक करोडभन्दा बढी पटक हेरिएको छ।
सरोज ओली र मेलिना राइको आवाज रहेको यस गीतलाई यो समाचार तयार पार्दासम्म 10,166,037 भन्दा बढीले हेरिसकेका छन्। यस गीतले छोटो समयमै यति धेरै चर्चा पाउन सफल भएको हो।
जुन गीत धेरै दिनसम्म पनि युटुब ट्रेन्डिङमा बस्न समेत सफल रहेको थियो। सोही उपलक्ष्यमा आज केक समेत काटिएको छ। दिनेश थपलियाको शब्दमा सजिएको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन्। सुदिप बरालको छायांकनमा म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन्।





