
खाँदबारी, ८ चैत
संखुवासभाका दुई प्रहरी जवान मंगलबार निलम्बनमा परेका छन् । दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न एक व्यक्तिबाट एक लाख घुस सहित पक्राउ परेका प्रकास कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष खड्काले जानकारी दिए ।
जिल्लाको भोटखोला गाउँपालिकामा रहेको स्याक्सिला गोला प्रहरी चौकीमा कार्यरत कार्की र बस्नेत एक लाख घुस सहित पक्राउ परेका थिए । दुर्लभ बन्यजन्तु सालकको खपेटा चोरी निकासी गरेका व्यक्तिबाट उनिहरुले गैरकानुनि रुपमा रकम असुलेका थिए । निलम्बनमा परेका प्रहरीले सालकको खपेटा लैजान दिन सर्तमा चोरीमा संलग्नबाट सो रकम असुलेका थिए ।
चोरीमा संलग्न व्यक्तिबाट उनिहरुले गैरकानुनि रुपमा रकम असुल गरेको गोप्य सुचनाको आधारमा दुई प्रहरीलाई निलम्बन गरिएको प्रमुख खड्काले बताए । चोरीमा संलग्न व्यक्ति फरार रहेकाले उसको खोजी भइरहेको र निलम्बनमा पर्नेहरुको थप अनुशान्धन भइरहेको जनाइएको छ ।





