चलचित्र ‘बागी २’ को “एक, दो, तीन” गीत सार्वजनिक (भिडियो सहित)



मुम्बई । टाइगर श्राफ र दिशा पटानी अभिनित नयाँ चलचित्र ‘बागी २’ को ‘एक, दो, तीन’ गीतको रिमेक सार्वजनिक भएको छ ।

बलिउड क्षेत्रका सुपरहिट चलचित्र ‘तेजाब’ को बहुचर्चित गीतमा माधुरी दीक्षितको नृत्य रहेको थियो ।

नयाँ गीतमा भने श्रीलंकाली सुन्दरी ज्याकलिन फार्नाण्डेज आर्कषकरुपमा प्रस्तुत भएकी छिन् । साजिद नाडियावालाको निर्देशन रहेको बागी २ को उक्त गीतमा अहमद खान र गनेस आचार्यको कोरियोग्राफी रहेको छ ।

शुक्रबार उक्त गीतको टिजर सार्वजनिक भएको थियो ।

गीत रिलिज भएको पौने १ घण्टामै ३ लाखभन्दा बढीले हेरिसकेका छन्। यो फिल्म मार्च ३० मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्