
नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफियासँग भेट्नका लागि २ बजेको समय तोकिएको थियो ।
राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले काठमाण्डुको याक एन्ड यति होटलमा ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्बन्धी कार्यक्रममा सोफियालाई ल्याएको थियो ।
उनै सोफियासँग भेट्न सर्वसाधारण होटलमा आइपुगे । तर, सोफिया सार्वजनिक भइनन् ।
भेट हुने भनी तोकिएको साढे एक घन्टापछि युएनडीपीले आफ्नो ट्विटरमार्फत प्राविधिक समस्या आएकाले भेट्न नसकिने जनाउँदै माफी मागेको छ ।
सोफिया आधुनिक प्रविधियुक्त रोबोट हुन् । उनलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको छ ।





