मेस्सीसँग नेयमारले भने, ‘रियल मड्रिड होइन, बार्सिलोना फर्कन्छु’



पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्रजिलियन सुपरस्टार नेयमारले बार्सिलोनाका अर्जेटेनी सुपरस्टार मेस्सीसँग स्पेन फर्कँदा पुनः बार्सिलोना फर्कने वाचा गरेको समचार बाहिरिएको छ । चालु सिजनमा विश्व किर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी गएका उनी त्यहाँ खुसी नभएको र क्लब छोड्ने खबर आइरहेका बेला नेयमारले मेस्सीसँग यस्तो वाचा गरेको समचार आएको हो । उनी अर्को सिजन पुनः ला लिगा फर्कने चर्चा अहिले भइरहेको छ ।

उनलाई रियल मड्रिडले भित्र्याउने प्रयास गरेको बताइदै आएको छ । तर नेयमारले रियल नभएर बार्सिलोना फर्कनले वाचा गरेको समचामा उल्लेख छ । उनले मेस्सीसँग नेरियलले सुरुवा प्रस्ताव गर्नुअघि नै बार्सिलोनाले राम्रो प्रस्ताव लान सके आफु पुनः पुरानै टोलीमा फर्कने बताएका छन् । नेयमारलाई पिएसजीबाट स्पेन फर्कन पुनः विश्व कीर्तिमान रकम प्रस्ताव गर्नुपर्ने हुन्छ ।

२६ वर्षिय नेयमार खुट्टामा लागेको चोटको उपचारका क्रममा ब्राजिलमा छन् । च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजी रियलसँग पराजित भएपछि नेयमार निराश बनेको बताइएको छ । लिग वान अन्र्तगत मार्सेलीसँगको खेलमा उनले चोट बोक्न पुगेका थिए । चोटग्रस्त हुनुअघि नेयमारले पिएसजीबाट २९ गोल गरिसकेका छन् । उनले बालोन डी ओर उपाधि जित्न पनि स्पेन फर्कनु महसुस गरेको समचारमा दावी गरिएको छ ।

बार्सिलोनाले नेयमारमाथि चासो देखाइरहँदा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनका एजेन्ट समेत रहेका पिता नेयमार सिनियरलाई भेटेको समाचार यसअघि नै सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्