कांग्रेस सभापति देउवा एनसीसी बैंकको अरबौ घोटाला काण्डमा मुछिए



काठमाडौं, ७ चैत

एनसीसी बैंकभित्र अर्बौं रूपैयाँको अपचलन भएको समाचार बाहिर आएको छ । मर्जर अघि नै उक्त बैंकमा गाभिन लागेको एपेक्स डेभलपमेण्ट बैंकभित्र करोडौंको कर्जा अपचलन भएको सूचना र जानकारी पाउँदा पाउँदै किन मर्जरको प्रक्रियालाई अघि बढाइयो ? यसबारे दृष्टि साप्ताहिकले एक वर्ष अगाडि नै सप्रमाण तत्कालीन एपेक्स डेभलपमेण्ट बैंकको वित्तीय अवस्था खराब रहेको,

बैंकका पदाधिकारी कर्जा दुरुपयोग र अपचलनमा सक्रिय रहेको एवम् राजनीतिक आडमा आफू अनुकूल निर्णय गराउन कम्मर कसेर लागेको समाचार प्रकाशित गरेको थियो । यतिखेर त्यहि सूचनालाई पुष्टि गर्दै एपेक्स डेभलपमेण्ट बैंक भित्रको अर्बौं रूपैयाँको कर्जा अपचलन र त्यसले एनसीसी बैंकलाई पारेको प्रभावको समाचार छताछुल्ल भएको छ ।

गत वर्ष मंसीरमा एनसीसी बैंकमा कुमारी बैंकलगायत इन्फ्रास्ट्रक्चर, एपेक्स र सुप्रिम डेभलपमेण्ट बैंक मर्ज हुने सहमति भए पनि अन्तिम क्षणमा आएर कुमारी बैंक मर्जबाट पछि हटेको थियो । तर, राजनीतिक स्वार्थबाट प्रेरित उक्त मर्जरमा तीनवटै विकास बैंक एनसीसीमा समाहित हुन हतार हतारमा निर्णय भएको थियो ।

सबैभन्दा खराब वित्तीय अवस्था रहेको एपेक्स डेभलपमेण्ट बैंकलाई एनसीसीमा जसरी पनि मर्ज गरेर एपेक्स भित्र भएको एक वर्षअघिको झण्डै ५० करोड रूपैया“को खराब कर्जालाई मिलाउन नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकमा नियमित दबाब समेत दिएका थिए । केन्द्रीय बैंकको व्यवस्थापन रहेको एनसीसी बैंकको तत्कालीन नेतृत्वलाई पनि उक्त कार्य फत्ते पार्न का“ग्रेस नेतृत्वले दबाब दिएको थियो ।

नेपाली का“ग्रेस लम्जु¨का नेता तथा का“ग्रेस महासमिति सदस्य विष्णु प्रसाद धिताल अध्यक्ष रहेको एपेक्स बैंकका उच्च अधिकारी र कर्मचारीले प्रारम्भदेखि नै बैंकले प्रवाह गर्ने कर्जामा निश्चित प्रतिशत कमिशन लिने गरेका थिए । त्यसपछि कमसल धितोमा थप कर्जा प्रवाह गर्ने योजना बनाए । एनसीसी बैंकमा मर्ज हुने भएपछि जतिसक्दो छिटो धेरै कर्जा प्रवाह गरेर रकम संकलन गर्ने योजनामा धितालसहित नेपाली का“ग्रेसका केही नेता र केही एपेक्सका कर्मचारीको योजना बन्यो ।

मर्जर पछि पनि एपेक्सको वित्तीय अवस्थाको बारेमा प्रश्न चिन्ह तेर्सिन थालेपछि योजनाबद्ध ढंगले अदालतमा मुद्दा दायर गरेर एनसीसी बैंक र एपेक्स डेभलपमेण्टको हिसाब छुुट्टै राख्ने आदेश प्राप्त भएपछि धिताल समूहलाई खुदो पल्टेको हो । पछिल्लो एक वर्षको अवधिमा बैंकले थप १ अर्ब रूपैया“ बराबरको कमसल धितोमा कर्जा प्रदान गर्न लगाए । पहिलेको झण्डै पचास करोड रूपैया“को खराब कर्जा बैंकमा यथावत थियो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो सुपरीवेक्षण प्रतिवेदनमा समेत उल्लेख भएको धितालको शंकास्पद कार्य र बैंकको खराब अवस्थाको बारेमा झण्डै एक वर्षसम्म केन्द्रीय बैंकको उपल्लो तहमा खासै बहस हुन सकेन । नियमनकारी निकायको सर्वोच्च निकायमा रहेका देउवा निकट सञ्चालक समितिका एकजना सञ्चालकको योजनामा उक्त बैंकको अपचलनलाई लुकाउने प्रपञ्च रचिएको कारण नेपाल राष्ट्र बैंकको प्रभावकारिता नदेखिएको स्रोतको दाबी छ ।

तीनवटा राष्ट्रियस्तरका विकास बैंक थपिएपछि एनसीसी बैंकको खुद मुनाफा बढ्नुपर्नेमा उल्टै ३ सय प्रतिशतले कमी आएपछि एनसीसी बैंकको व्यवस्थापन र कर्मचारीले एपेक्स डेभलपमेण्ट बैंकको मर्जको बारेमा गम्भीर प्रश्न उठाएका थिए । तरपनि नेपाल राष्ट्र बैंकले त्यसतर्फ चासो नदिनुलाई उनीहरूले शंकाको दृष्टिकोणले हेरे । धितालको गलत कार्यलाई बढावा दिने कार्यमा सहयोगी बनेका नेपाल राष्ट्र बैंकका केही उच्च तहका कर्मचारी र एकजना देउवा निकट सञ्चालकले आफूलाई जोगाउन बाध्य

भएर एनसीसी बैंक स्रोतलाई समस्याको बारेमा प्रहरी अनुसन्धान केन्द्रलाई जानकारी गराउन बताएका थिए । पछिल्लो अवस्थामा राष्ट्रिय राजनीतिमा आएको परिवर्तनले देउवा निकट धिताल र उनका समूहलाई जोगाउन नसकिने र अब थप पहल गरेमा आफूहरू समेत मुछिन सक्ने भयले केन्द्रीय बैंकका धिताल समूहका केही उच्च कर्मचारीले सर्प पनि मर्ने र लठ्ठी पनि नभा“चिने मार्ग सुझाएका हुन् ।

अध्यक्ष धिताल र एपेक्स बैंकका सञ्चालकहरूले मात्र होइन सबैजसो अधिकृत कर्मचारीले कमाउने खेल रचेका कारण झण्डै डेढ अर्ब रूपैया“ अपचलन भएको हो । यसलाई राजनीतिक आड प्राप्त भएपछि थप खेल खेलिएको देखिन्छ । नक्कली ऋणी खडा गर्ने, कमसल र नक्कली धितोमा ऋण प्रवाह गर्ने, यसवापत ऋणीस“ग ५० प्रतिशतसम्म कमिशन प्राप्त गर्ने खेलमा राजनीतिक नेतृत्व समेत सहभागी भएपछि एपेक्स डेभलपमेण्ट बैंकको पछिल्लो काण्ड सार्वजनिक भएको हो ।

प्रारम्भिक अवस्थामा एपेक्सको वित्तीय अवस्था खराब रहेको थाहा पाउ“दा पाउ“दै एनसीसी बैंकको तत्कालीन व्यवस्थापन समूहले किन उसको बारेमा बोलेन ? नेपाल राष्ट्र बैंकको माथिल्लो निकायलाई गुमराहमा राखेर धितालस“ग मिलेमतो गरेर केन्द्रीय बैंकका केही कर्मचारी र सञ्चालकले पनि स्वार्थ पूरा गरेका छन् की छैनन् ? यो पक्षलाई पनि प्रहरीले अनुसन्धानको क्रममा हेर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्