
काठमाडौँ , ७ चैत
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित एक्सनमा उत्रिएका छन् । यसअघि सामान्य प्रशासनमन्त्री हुँदा चर्चा कमाएका मन्त्री पण्डितले यस पटक पनि लोकप्रिय काम गर्ने संकेत देखाएका छन् ।
आइतबार मन्त्री पण्डितले कर्मचारीलाई तहमा ल्याउन भन्दै ९ बुँदे आदेश दिएका छन् । उनले दिएको ९ बुँदे आदेश निम्न छन् :
१. एक हप्ता भित्रमा सरुवा भएको कार्यालयमा नजाने कर्मचारीको नामावली ल्याउनु ।
२. सरुवा गरेपछि रमाना नदिने कार्यालय प्रमुखलाई कार्यवाही हुन्छ ।
३. ट्रेड युनियनको काम कार्यालय समय भित्र गर्न पाइँदैन ।
४. कार्यालय समयमा ट्रेड युनियनको काम गरेमा कार्वाहीको भागीदार हुन तयार हुनुस् ।
५. ट्रेड युनियनका पदाधिकारीसँग नीति निर्माणमा मात्र प्रशासनले सहयोग माग्ने ।
६. सरुवा वढुवामा ट्रेड युनियनले चासो लिन पाउने छैन, अब चासो नलिनु ।
७. सम्पुर्ण कर्मचारीको काज तुरुन्तै फिर्ता गराउनु ।
८. सरुवा भएको कार्यालयमा हाजिर हुन नदिनेलाई दण्डित गर्छु ।
९. स्वेच्छिक अवकाश मानसिक रोगी भई काम गर्न नसक्ने र असक्तको लागि मात्र व्यवस्था गरिनेछ ।





