संसारको सबैभन्दा अग्लो लिफ्ट



एजेन्सी- हामी अहिले प्रविधिको संसारमा छौं । हरेक दिन यहाँ नयाँ नयाँ आविस्कार, खोज तथा अनुसन्धान भैरहेको छ। यस्तै खोज तथा अनुसन्धान अनि निर्माणको जगतमा चमत्कार गरिरहेको चीनले भवन भन्दा बाहिर रहेको विश्वको सबैभन्दा अग्लो लिफ्टको किर्तिमान पनि आफ्नै नाममा राख्न सफल भएको छ ।

चीनको हुनान प्रान्तस्थित बाइलंग एलिभेटर विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो । पहाडको फेदबाट सुरु भएर पहाडको टुप्पोसम्म पुगेको यो लिफ्टमा चढ्नेहरुले प्रकृतिको सुन्दर अवलोकन गर्ने सौभाग्य प्राप्त गर्न सक्छन् । यो लिफ्ट ३ सय २६ मिटर अर्थात् झण्डै एक हजार फिट अग्लो रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अनुसार यो विश्वको सबैभन्दा अग्लो आउटडोर लिफ्ट हो । यो लिफ्टमा तिनवटा डबल डेकर एलिभेटर लगाइएका छन् र हरेक एलिभेटरको भार बहन क्षमता ४ हजार ९ सय किलो रहेको छ ।

झण्डै एक हजार फिट अग्लो रहेको यो एलिभेटरको गति यति तिव्र छ की फेँदबाट टुप्पोसम्म पुग्न जम्मा १ मिनेट ३२ सेकेण्ड मात्र लाग्दछ । अविस्कारको संसारमा चमत्कार गरिरहेको चिन धेरै बिकासको दृष्टिमा अघि पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्