क्रिकेटर घर फर्किँदा क्यानविरुद्ध विमानस्थलमा नाराबाजी



काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेर नेपाली क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किँदा क्रिकेट प्रेमी एकातिर खुसी थिए भने अर्कातिर नेपालको खेल क्षेत्रको बेथितिविरुद्ध उत्तिकै आक्रोश पनि ।

नेपाली क्रिकेट खेलाडीहरुले देशमा पूर्वाधार अभाव र आधारभूत सुविधाको अभावमा पनि आफ्नो क्षमता देखाएर वान डे इन्टरनेशनलसम्मको मान्यता पाइरहँदा नेपाल क्रिकेट संघ (क्यान) र उसको लापरबाही र गैह्रजिमम्मेवारपूर्ण व्यवहारविरुद्ध विमानस्थलमै नाराबाजी भएको हो ।

विमानस्थलमा राष्ट्रिय झण्डासहित पुगेका नेपाली क्रिकेट प्रेमीहरुले क्यानमा देखिएको विवाद तत्काल समाधान गर्नुपर्ने माग जोडदाररुपमा गरेका थिए । त्यसैगरी दशकदेखि अल्झिएको मुलपानी क्रिकेट मैदान छिटो निर्माण सक्नु्पर्ने र खेलाडीहरुलाई सुविधा दिनुपर्नेसहितका मागसहित नारावाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्