तलाई त धेरै मोज छ है



काठमाडौं, ५ चैत

सदाझै आजपनि काम सकेर हाेस्टेल आइपुगे अनि नुहाएर अाेछ्यानतर्फ लागे। माेबाइल हातमा लिएर नेट अन गरें।विदेशिएका हामीजस्ता युवाहरूको यही त हो नि दिनभरि काे थकान मेट्ने माध्यम ,नेटबाट अाफ्नाे परिवारसँग कुरा गर्याे उहाँहरूकाे मुहारमा आएको खुसी हेर्याे अनि आफू पनि खुसी भयो ।

आज चाहिँ नेट अन गर्ने बित्तिकै मेसेन्जरमा सगैं स्कुलमा पढेको सहपाठीकाे फाेन आयो ,खुसी लाग्यो किनभने नेपालमा हुदा मैले धेरैपटक मेसेज गर्दा नि रिप्लाई नदिने ऊ अाज म विदेशमा हुदा फाेन गर्दैछ सायद टाढा भएपछि मित्रताकाे महत्त्व पाे बूझ्याे कि उस्ले‍‍!!यस्तै साेच्दासाेच्दै फाेन उठाएँ,मैले बाेल्न नपाउँदै उस्ले बाेल्न सुरु गर्याे, “होइन महिनाको दुई लाख कमाउने भएदेखि त कति भाउ बढेको हाे तिम्रो “।म आलुप्याज हाे र भाउ बढ्न भन्न मन थियोे तर भनिन् अनि हाँस्दै जवाफ दिएँ,समयभन्दा धेरै काम छ यहाँ त्यसैले हो ।

के छ तिम्रो खबर ,काम कस्तो चल्दैछ? उसले बाेल्न सुरु गर्याे “के हुनु दिनभरि अफिसमा हल्लियाे २०-२५  हजार तलब थाप्याे।तिमीहरूको जस्तो माेज भए पाे महिनाको दुई लाख थाप्याे ,बस्यो माेज गर्याे,माेज छ है तिमीहरूलाई।”अरुपनि के के भन्दै थियो तर यो कुराले चाहिँ मेरो धैर्यताकाे बाँध टुट्यो र मैले बाेल्न सुरु गरेँ। “हो मलाई ,मलाई मात्र होइन हामीजस्ता जाे विदेशी भूमिमा अाफ्नाे पसिना बेचेर महिनाको दुई लाख कमाइरहेका छौँ हामीलाई माेज छ।तिमी भाेलि गएर आफ्नो हाकिमलाई एकचोटि मनैदेखि धन्यवाद देउ जस्ले दिनभरि अफिसमा हल्लिएकाे भरमा तिमीलाई महिनाको २० -२५  हजार दिइरहेको छ।

तिमीले एक वर्षमा गर्ने काम हामी एक महिनामा गर्छौ ,हो हामीलाई माेज छ।दिनको १२-१५  घण्टा नबसी काम गर्छौं ,दिसापिसाबमा त हाम्रो नियन्त्रण रहदैन तर गर्नुपरेको छ,कहिलेकाहीँ त यति गार्‍हो हुन्छ कि बरु यो महिनाको तलब नदिनु मलाई ट्वाइलेट जान दिनुस् भन्ने अवस्था आउँछ ,हो हामीलाई माेज छ। तिमी घरमा अामालाई घुर्क्याउदै खाना खान पाउँछौं ,बिरामी हुदाँ अामाकाे मायाको न्यानो स्पर्श पाउँछौं ,हामी अौषधि खाएर कम्पनी कुद्छौँ,तँलाई अहिले कस्तो छ साेध्ने काेही हुदैनन् ,हो हामीलाई माेज छ।

महिनाकाे दुई लाख भन्न सजिलो छ तर त्यति कमाउन कति गार्‍हो छ भनेर बुझ्न जरुरी छ।अनि काेरियामा पैसाकाे रुख त छ तर त्यो रुख पूरा तेल दलेर राखिएको छ जुन कहिले पनि चढ्न सकिदैन ,जुन दिन सक्छौ सायद फेरि अर्को चुनौती तिम्रो सामु अाउँछ हाेला। धन्यवाद दिन चाहन्छु ती व्यक्तिहरुलाई जस्ले काेरियामा महिनाको दुई लाख हुन्छ भनेर बजारमा आगाे लगाएका छन् ,जस्लेगर्दा हामीजस्ता यूवाहरु ठूलाठूला सपना बाेकेर विदेश अाउँछन् अनि संघर्ष गर्न थाल्छन् ।

जाे ताप,राप सहन सक्छन् उनीहरु हिरा भएर निस्किन्छन् जाे सहन सक्दैनन् उनीहरू डिप्रेसनकाे सिकार हुदै अात्महत्याकाे बाटो राेज्छन्। हो हामीलाई माेज छ यस अर्थमा कि हामीले संघर्ष गर्ने मौका पाएका छौ ।सायद मेरा जवाफ सुनेपछि त्यो साथीले अबदेखि मलाई फाेन नगर्ला तर कुनै दिन त उस्ले हाम्रो मर्म बुझ्ला नि!!!!

प्रतिक्रिया दिनुहोस्