
काठमाडौं, ५ चैत
प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे तेस्राेचरणकाे मन्त्रिपरिषद् विस्तारकाे क्रममा नेकपा एमालेका सचिव, प्रचार विभाग प्रमुख तथा चर्चित युवा नेता याेगेश भट्टरार्इ समावेश नभएपछि सबैतिर काैतुहलता छायाे ।
प्रतिनिधिसभाकाे निर्वाचनकाे दाैरान ताप्लेजुङ पुगेर पार्टी अध्यक्षका नाताले अाेलीले त्यहाँका मतदातालार्इ भनेका थिए, ‘तपार्इं याेगेशलार्इ जिताएर पठाउनुस् मन्त्री बनाउने जम्मा मेराे भयाे ।’
धेरैले प्रधानमन्त्रीले अाफ्नाे बाचा भुलेकाे र ताप्लेजुङका जनतालार्इ धाेका दिएकाे भन्दै सामाजिक सञ्चालहरूमा टिप्पणी पनि गरे । तर, बालुवाटार स्राेतका अनुसार प्रधानमन्त्रीले बाचा भुलेका छैनन् ।
अब केही दिनमै मन्त्रिपरिषद्लार्इ पूर्णता दिने क्रममा प्रधानमन्त्री अाेलीले भट्टरार्इलार्इ सूचना तथा सञ्चारमन्त्री बनाउने स्राेतले बतायाे । उनलार्इ सञ्चारमन्त्री बनाउने प्रधानमन्त्रीकाे तयारी छ ।
बालुवाटार स्राेतका अनुसार त्यही भएर प्रधानमन्त्रीले तेस्राेचरणकाे विस्तारकाे क्रममा सूचना तथा सञ्चार मन्त्रालयमा फूल मन्त्री नियुक्त नगरी गाेकुल बाँस्काेटलार्इ राज्यमन्त्री बनाएका हुन्।





