श्रीपशुपतिनाथ महोत्सवको पाँचौ दिन भक्ति संगीत प्रतियोगिता सम्पन्न



काठमाडौँ, ५ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजको आयोजनामा श्रीपशुपतिनाथ महोत्सव–२०७४ पाशुपत क्षेत्र ईतापाखा पाँचौ दिनमा शुभ भजन, भक्ति संगीत प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ११ जना सहभागी भएका थिए । प्रतियोगितामा मनमोहन थपली, अत्युतराम भण्डारी र उमेश खनाल निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा बेनुप क्षेत्री प्रथम, अर्चना विष्ट द्वितीय, सशाङ्क सापकोटा तृतीय, रञ्जित नेपाल सान्त्वना र अमृत आचार्य उत्कृष्ट भक्ति संगीत हासिल गरेका थिए ।

प्रथम स्थान हासिल गर्नेलाई २० हजार, ट्रफी र प्रमाणपत्र, दोस्रो स्थानलाई १५ हजार, ट्रफी र प्रमाणपत्र, तेस्रो स्थानलाई १० हजार, ट्रफी र प्रमाणपत्र, सान्त्वनालाई ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार श्रीपशुपतिनाथ महोत्सव–२०७४ को अन्तिम दिन चैत्र ७ गते वितरण गरिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्