ठग्ने म्यानपावरको सूची तयार पार्नु : मन्त्री बिष्ट



काठमाडौं, ५ चैत

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची तयार पार्ने भएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडिी बढाउन सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो, श्रममन्त्री विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही गरिएको छ । त्यसको विवरण पेस गर्न महानिर्देशकलाई निर्देशन दिएको छु । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्