ठूलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरिएका ११० मोटरसाइकल नियन्त्रणमा



ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए । ‘ठूलो आवाज निकालेर सडक नै आफ्नो मात्र हो भन्दै हिँड्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई रु पाँच हजार जरिवाना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्