
२५ बर्षदेखी बन्द बलेवा विमानस्थल पुनर्संचालनका लागि सोमबार तारा एयरको विमानले टेस्ट फ्लाईट गरेको छ । पोखराबाट गएको तारा एयरको ९ एन ए के एल विमानले विमानस्थलको धावनमार्ग तथा अन्य प्राविधिक परीक्षणका लागि टेष्ट फ्लाईट गरेको हो ।
यती र नेपाल एयरलाईन्सका ३ पाईलटसँगै नागरिक उडड्यन प्राधिकरणका प्राविधिकसहित ११ जना टेष्ट फ्लाईटमार्फत बलेवा पुगेका छन । यो टेष्ट फलाईटमा समस्या नदेखिए ९ गते देखि बलेवा विमानस्थलमा हप्ताको नियमित २ वटा उडान हुनेछ ।बलेवाबाट नियमिति उडान शुरु हुने भएपछि स्थानीबासी खुसि भएका छन् ।
द्वन्द्वकालमा उडान रोकिएको बलेवा विमानस्थल फेरि सञ्चालन गर्न स्थानीय माओवादी केन्द्रका नेता एवं राष्ट्रिय सभाका सांसद दिनानाथ शर्मा र पूर्व सांसद प्रकाश पौडेलको पहलमा बाग्लुङ नगरपालिकाले भारवहन गर्ने गरी सञ्चालनमा आएको हो ।





