आफ्नै छोरीको स्तनपान गर्दै बाबु : जुन तस्विरलाई बुझ्न संसारलाई लाग्यो निकै समय



काठमाडौं, ५ चैत

कतिपय तस्विरहरुबारे चित्रकारले नप्रस्ट्याएसम्म पत्ता लाउनै गाह्रो हुन्छ । कतिपय यस्ता तस्विर खिचिएका छ्न, जुन त्यस्ता कयौं तस्विर छन्, संसारमा ।, जसमा यो एउटा तस्विर पनि हो, जसलाई बुझ्न संसारलाई निकै समय लागेको बताईन्छ ।

 

विश्लेषण पनि दोधारमा परेको थिए, जबसम्म चित्रकार स्वयमले यो तस्विरको रहस्य खोलेनन् ।
कारण तपाई हामि पनि देख्न सक्छौं, यो तस्विरको कलामा नग्नता, छाडापन छ । तस्विर हेर्ने जो कोहिलाई पनि लाग्न सक्छ, एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्धा मानिसे गरे भनेर ? जब यो तस्वीरको बास्तविकता बुझ्नु हुनेछ, तब पक्कै पनि तपाईहरुको आँखावाट दुई थोपा आँशु तपाईहरुलाई थाहै नदिई बग्नेछ ।

तलको तस्वीर युरोपका एक प्रख्यात चित्रकार मोनरोले बनाएका थिए । उक्त तस्वीर युरोपको कुनै एक देशमा एक जना बृद्धा मानिसलाई भोकै जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो । जब सम्म भोकले बृद्ध मर्दैनन् तब सम्म उनलाई जेलमा भोकै राख्नु पर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायालय समक्ष आफ्नो बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो वृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो ।

जेलमा हरेक दिन जेलमा आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरीर, झोला सबैको खानतलासी हुन्थ्यो । कारण, झोला या शरीरमा कुनै खाने कुरा लुकाएर उनकी छोरीले बृद्ध बाबुलाई लगेर नदिउन भन्ने थियो ।उनकी छोरीले उनलाई भेट्न जाँदा कैयौ दिन देखि खाना नपाएका आफ्ना बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई जिउँदो राख्नका लागि उनले आफ्नो दुध पिलाउन लागिन ।

कैयौ दिन, महिना विते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेललाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाईयो ।
यसरी चियो गर्दा ती छोरीले आफ्नो दुध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरीमाथि पनि मुद्धा चलाईयो । फैसलामा उक्त देशको न्यायालयले कानुन छोडेर भावनात्कम फैसला सुनाउदै बाबु छोरी दुबैलाई रिहा गरि दियो ।

भनिन्छ यो तस्वीरले उक्त कुरालाई देखाएको छ । पछि उक्त देशको न्यालयले कानून छाडेर भावनात्मक फैसला सुनाउदै बाउ छोरी दुबैलाइ रिहा गरिदिएको समाचार आएको थियो ।

उल्लेखित तस्बिर त्यति बेला निकै महङ्गो दाम मा बिक्री भएको उल्लेख छ । यो तस्वीर त्यतिवेला निकै महँगो मुल्यमा बिक्री भएको थियो । फोटो सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्